नियम २२
अभियुक्तको बयान
सैनिक अदालतले अभियुक्त तथा निजको तर्फबाट उपस्थित प्राड अधिकृतलाई मिसिल कागजात तथा अभियोगपत्र पढी बाँची सुनाएपछि इजलासमा अभियुक्तसँग लिखित बयान लिई अभियुक्तको दस्तखत गराइ राख्नु पर्नेछ । अभियुक्तको बयान कागजकोे शीर पुछारमा सैनिक अदालतका अध्यक्ष तथा सदस्यहरूले दस्तखत गर्नु पर्नेछ ।